मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मलाई न्यायालयप्रति विश्वास छ : रवि लामिछाने

पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ का सभापति रवि लामिछानेले केपी ओली सरकार रहेसम्म जनताले दुख पाइरहने टिप्पणी गरेका छन् ।

कास्की जिल्ला अदालत परिसरमा संचारकर्मीहरुसँग कुराकानी गर्दै लामिछानेले आफुलाई न्यायालयप्रति विश्वास रहेको भन्दै आम जनतालाई सरकारविरुद्ध प्रदर्शनमा आउन आव्हान गरेका छन् ।

उनले भने, ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ ।’

लामिछानेलाई प्रहरीले केहीबेर अघि अदालतमा पेश गरेको छ भने रास्वपाका नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?