मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘ज्वाइँ साब’ ले १० दिनमा कति कमायो ?

काठमाडौँ– फिल्म ‘ज्वाइँ साब’ प्रर्दशनमा आएको दश दिनमा सवा तीन करोडभन्दा बढी ग्रस कलेक्सन गरेको छ । दशैँको फूलपातीको दिनबाट प्रदर्शनमा आएको फिल्मले दश दिनमा तीन करोड २५ लाख ग्रस कलेक्सन गरेको हो ।

फिल्म हाल दोस्रो सातामा प्रदर्शनरत रहेको छ । फिल्मको वितरक रिच इन्टरटेन्मेन्टले आइतबार ग्रस कलेक्सन सार्वजनिक गरेको हो । दशैँ विदाको कारण वितरकले हालसम्म फिल्मको ग्रस कलेक्सन सार्वजनिक गरेको थिएन ।

फिल्मले कम शो पाए पनि राम्रो ग्रस कलेक्सन गरेको वितरकले जनाएको छ । दशैँमा योसँगै दिपक दीपाको फिल्म ‘छक्का पञ्जा ५’ र विराज भट्टको ‘१२ गाउँ’ प्रदर्शनमा आएको थियो । यी तीन वटै फिल्म दोस्रो हप्ताको लागि प्रदर्शनमा रहेको छ ।

फिल्म राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशनमा निर्माण भएको हो । फिल्ममा जितु नेपाल र नीति शाह शीर्ष भूमिकामा छन्। बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायत कलाकारहरूको पनि अभिनय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?