मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पोखरामा अनिश्चितकालीन निषेधाज्ञा जारी

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीदचोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पोखरा महानगरपालिकाको चार किल्ला भित्रको क्षेत्रमा लागू हुनेगरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा ३(क) बमोजिम निषेधाज्ञा जारी गरेका हुन् ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति जम्मा भइ धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको गरिएको छ ।

सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा पेस गरिँदैछ । लामिछानेलाई अदालत पेस गरिने भएपछि सम्भावित भिडभाडलाई मध्यनजर गरेर निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञा अर्को सूचना प्रकाशित नभइन्जेलसम्म जारी रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?