मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड डिसेम्बर २१ मा 

काठमाडौँ – प्रथम गोल्डेन नेपाली फिल्म अवार्ड–०२४ डिसेम्बर २१ मा अर्थात पुस ६ गते आयोजना गरिने भएको छ । 

पहिला नोभेम्बर १६ मा आयोजना गर्ने घोषणा गरिएको अवार्ड अमेरिकामा हुन लागेको राष्ट्रपति निर्वाचनका कारण एक महिना पछि सारिएको हो । 

‘अमेरिकामा आसन्न राष्ट्रपति निर्वाचनलाई ख्याल राखी सोही सेरोफेरोमा आयोजना हुने तयारीमा रहेको प्रथम गोल्डेन नेपाली फिल्म अवार्डको मिति सारिएको’ विज्ञप्तिमा उल्लेख छ । 

राष्ट्रपति निर्वाचनका कारण पाहुनाहरूको सुरक्षा र आवागमनमा हुने कडा तथा असहजताको ख्याल गरी अवार्ड कार्यक्रम पूर्वनिर्धारित भन्दा करिब एक महिनापछि सारिएको जनाइको छ ।

अवार्ड मूल समारोह २१ डिसेम्बर २०२४ को साँझ ६ बजे क्यालिफोर्नीयास्थित रिचमन्ड मेमोरियल अडिटोरियम,४०३ सिभिक सेन्टर प्लाजामा आयोजना हुने छ । 

२२ डिसेम्बर बिहान ११ बजे बार्केलेमा नेपाली कलासंस्कृति,भेषभुषा झल्कने झाँकीसहित–प्रभातफेरि नेपाल डे परेड आयोजना गरिने छ । सोही दिन साँझ नेपाली सेलिब्रेटीहरुसँग मिट एण्ड ग्रिट क्रुज पार्टी आयोजना गरिने जानकारी विज्ञप्तिमा उल्लेख छ ।

०८० साउनदेखि ०८१ असार मसान्तभित्र नेपालका सिनेमा घरमा प्रदर्शन भएका नेपाली फिल्महरु समावेश गरिएको अवार्डमा झन्डै डेढ दर्जन विधामा प्रतिस्पर्धी अवार्ड प्रदान गर्नुका साथै एक विशिष्ट चलचित्रकर्मीलाई लाइफ टाइम एचिभ्मेन्ट अवार्ड दिइदैछ । 

अवार्डमा सहभागी हुनका लागि नेपालबाट तीन दर्जन बढी सेलिब्रेटी अमेरिका पुग्ने छन् भने अमेरिकामै रहेका चलचित्रकर्मीहरूको समेत बाक्लो उपस्थिति रहने आयोजकले आशा गरेको छ । 

अवार्डको जुरीमा नेपालबाट वरिष्ठ अभिनेता शिव श्रेष्ठ,वरिष्ठ अभिनेता सुनिल थापा,चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला,वरिष्ठ छायाँकार गौरीशंकर धूजु श्रेष्ठ,अभिनेता सुनिल कटुवाल र वरिष्ठ चलचित्र पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?