मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भोक लाग्दा किन रिस उठ्छ, यस्तो छ कारण 

भोकले हाम्रो दिमाग प्रभावित गर्छ । भोकका कारण कतिपय समयमा निकै रिस उठ्ने गर्छ। यदि भोक लागेको छ भने अन्य समय भन्दा धेरै रिस उठ्ने गरेको अनुसन्धानले प्रमाणित गरेको छ। 

यसको कारण हो- पर्याप्त पोषक तत्त्व र क्यालोरीबिना हाम्रो मस्तिष्कलाई विकसित हुन र ठिकसँग काम गर्नका लागि सङ्घर्ष गर्नुपर्छ। 

वैज्ञानिकका अनुसार जीव विज्ञानको परस्पर क्रिया, व्यक्तित्व र आसपासका माहौलका कारण भोक लागेका बेला रिस उठ्ने गर्छ ।

अमेरिकाको युनिभर्सिटी अफ नर्थ केरोलाइनाकी जेनीफर मेकोर्माकका अनुसार, कहिलेकाहीँ भोक लाग्दा हाम्रो भावना र अरूका बारेमा पनि विभिन्न विचारहरू आउने गर्छन् ।

इमोशन जर्नलमा प्रकाशित अध्ययनका मुख्य लेखक मेकोर्माकका अनुसार ४ सयभन्दा बढी व्यक्तिसँग अनुसन्धान गरिएको थियो, त्यसमा धेरैलाई भोकै हुँदा रिस उठ्ने बताएका थिए । तर, कति रिस उठ्ने भन्ने कुरा व्यक्तिको भावनात्मक जागरूकताको स्तरमा पनि तय हुन्छ ।

त्यस्ता व्यक्तिलाई भने भोक लागे पनि रिस उठ्ने सम्भावना निकै कम हुन्छ, जसलाई रिसलाई भावनात्मक रूपमा राम्रोसँग बुझेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?