मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेल्टा भिगोलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई २-१ गोल अन्तरले पराजित गरेको हो । 

रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे र भिनिसियस् जुनियरले एक एक गोल गरेका हुन् । त्यस्तै सेल्टा भिगोका लागि एक गोल विलियट स्वेडबर्गले गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको १० खेलमा २४ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । शिर्ष स्थानमा रहेको बार्सिलोनाको ९ खेलमा २४ अंक रहेको छ । त्यसैगरी सेल्टा भिगोको १० खेलमा १३ अंक रहेको छ र लिगमा दशौँ स्थानमा छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?