मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पाटन प्रिमियर लिगको सुपर सिक्समा कुलगडे क्लब, पाटनको विजयी सुरुआत

बैतडी – कुलगडे क्रिकेट क्लब बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगको सुपर सिक्समा प्रवेश गरेको छ ।

कुलगडे समूह ‘डी’ बाट सुपर सिक्समा प्रवेश गरेको हो । यसअघि समूह ‘ए’ बाट पाटन भ्याली क्रिकेट क्लबले सुपर सिक्समा स्थान सुरक्षित गरिसकेको छ ।

शनिबार भएको खेलमा दीपचन क्रिकेट क्लबलाई ७५ रनले पराजित गर्दै दोस्रो जितका साथ कुलगडे सुपर सिक्समा प्रवेश गरेको हो । कुलगडेले दिएको २०१ को रनको लक्ष्य पछ्याएको दीपचनले १९ दशमलव १ ओभरमा १२५ रनमा सीमित भयो । आकाश भट्टराईले २१ तथा अमन रावलले २० रन जोड्नबाहेक अन्यले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । कुलगडेका केशव बोहरा र पंकज लुहारले समान ३–३ विकेट लिए ।

यसअघि श्रीकृष्ण माविको खेल मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको कुलगडेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०० रन बनाएको थियो । कुलगडेका पंकज लुहारले ५२, नवीन ठगुन्नाले ४० रन बनाएका बनाए ।

दीपचनका प्रकाश चन्द र शंकर टेलरले समान २–२ विकेट लिए । कुलगडेका पंकज ‘म्यान अफ द म्याच’ भएका स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिए ।

शनिबारै भएको दोस्रो खेलमा आयोजक पाटन क्रिकेट क्लबले नवजागृति क्रिकेट क्लबलाई हराएको छ । पहिला ब्याटिङ गरेको पाटनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २२० रन बनायो । जसमा सुमित बुडालले ६६ र दीपक बोहराले ४७ रनको योगदान गरे । नवजागृतिका सचिन विक र मोहन ठगुन्नाले २र२ विकेट झारे ।

जवाफी ब्याटिङमा नवजागृति ३६ रनमा ‘अलआउट’ भयो । उसका कुनै पनि ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् । पाटनका सुभाष विष्टले ५ विकेट हात पारे । सुभाष ‘प्लेयर अफ द म्याच’ पनि चुनिए ।

पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि सुरु भएको प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ६ समूहमा विभाजन गरेर खेल भइरहेका छन् ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताए । द्वितीय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।

‘म्यान अफ दी सिरज’ बापत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । ‘बेस्ट बलर’ र ‘ब्याट्सम्यान’लाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिनेछ ।

यसअघि, पहिलो संस्करणको पाटन प्रिमियर लिग ९पीपीएल० क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग, दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बीडीपीआई) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?