मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तीनकुने क्षेत्रको बागमतीबाट एक ‘मेट्रिक टन’ फोहर व्यवस्थापन

काठमाडौँ– बागमती सफाइ महाअभियानको पाँच सय ९७ औँ हप्तामा तीनकुने पुल क्षेत्रको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

‘हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ भएको सफाइमा पूर्वमन्त्री अग्नि खरेललगायत अभियानकर्मीको सक्रियता थियो । विसं २०६० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार दुई घण्टा नदी किनारमा गर्ने गरिएको छ । त्यस क्रममा आज तीनकुनेस्थित पुलमुनिको पाँच सय मिटर तलसम्म सफाइ गरिएको अभियानकर्मी डा माला खरेलले जानकारी दिए।

आजको सफाइबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको छ । सफाइ महाअभियान सुरु भएदेखि प्रत्येक हप्ताको आज निरन्तर चलिरहेको छ । यो महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा बागमतीका सहायक नदी पनि सफाइ भइरहेको छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य नदी एवं सहरमा पनि सफाइ भइरहेको छ । महाअभिायनबाट प्रभावित भएर देशभर एक सय आठभन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?