मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पेडारी खोलामा पक्की पुल निर्माण

राँझा– कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको सीमा क्षेत्र पेडारी खोलामा पक्की पुल निर्माण हुने भएको छ । २०६३ सालमा पेडारी खोलाको पुल भत्किएको थियो । नयाँ पुल बनेपछि कोहलपुर र बैजनाथका ग्रामीण क्षेत्रका बासिन्दालाई आवतजावत गर्न सजिलो हुने छ ।

जिल्ला समन्वय समिति बाँकेका सदस्य सन्तराम चौधरीले नयाँ पुल बनेपछि बालबालिकालाई विद्यालय आवतजावत गर्न सजिलो हुने बताए । यो पुल निर्माण भएपछि आवागमनको लागि पूर्व–पश्चिम राजमार्ग पुग्नुपर्ने झण्झट अन्त्य हुने जनाइएको छ । बैजनाथका मर्चरा, गुरुवागाउँ र पेडारी गाउँ तथा कोहलपुर–१५ मा पर्ने चौधरीयालगायतका गाउँका स्थानीयवासी पुलबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।

कोहलपुर–१५ र बैजनाथ – ५ र ७ का जनतालाई आवागमनमा सहजताको लागि सङ्घीय सरकारको रु सात करोडको लागतमा पक्की पुल निर्माण गर्न लागिएको सांसद सूर्य ढकालले बताए । कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले पेडारीमा पक्की पुल निर्माण भएपछि कोहलपुर १५ र बैजनाथ ५ र ७ का वडावासीलाई आवातजावतमा धेरै सहज हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?