मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सयपत्री फूलको यति धेरै फाइदा

तिहारमा सबैभन्दा रुचाउने फूल हो सयपत्री । फूल भन्ने बित्तिकै प्रत्येक नेपालीले तिहार सम्झिन्छन् । किनकि, तिहारलाई फूलको चाड भनेर पनि बुझिन्छ । अनि तिहारको फूल भन्ने बित्तिकै सयपत्री फूलको सम्झना आइहाल्छ ।

तिहार, अन्य चाडपर्व तथा धार्मिक अनुष्ठानमा अत्यधिक प्रयोग हुने सयपत्री फूलको धार्मिक महत्त्व जति छ, वैज्ञानिक महत्त्व पनि त्यति नै छ । सयपत्री फूलका अनेकौँ फाइदा छन् । अर्थात सयपत्री फूलको माला जति सुन्दर देखिन्छ, यो त्यत्तिकै स्वास्थ्य उपयोगी पनि हुन्छ ।

यसका फाइदाहरु :

# सयपत्री फूलबाट सुगन्धित तेल निकाल्न सकिन्छ ।

# प्रशस्त मात्रामा फूल फुलाउन सकेमा विदेशको आयत घटाउन सकिन्छ र निर्यात बढाउन सकिन्छ ।

# वातावरणमा सौन्दर्यता छाउँछ र पर्यटकीय क्षेत्रमा टेवा पुग्छ ।

# सयपत्रीका फूलमा औषधीका गुणहरू हुन्छन् ।

# फूलको लेप बनाएर छालामा प्रयोग गर्दा यसले छालासम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।

# पेट फुल्ने र दुख्ने रोग भए चूर्णको मात्रामा मिलाएर औषधीको रूपमा सेवन गरेमा फाइदा हुन्छ ।

# कमलपित्त, अम्लपित्त, पायल्स र पेटभित्रको आन्द्राको घाउ आदिमा चूर्णको प्रयोगले सन्चो गराउँछ ।

# सयपत्री फूल मात्र पनि चुसिरहेमा स्वास्थ्यलाई फाइदा मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?