मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आयुर्वेदका अनुसार खानामा हुनुपर्छ यी छ रस 

जब हामी शरीरलाई स्वस्थ राख्नको लागि कुराकानी गर्छौँ । तब हाम्रो खानपानलाई ध्यान दिनु पर्ने हुन्छ । हामीले दिनभरि खाने वा पिउने कुरा शरीरको लागि फाइदाजनक हुन्छ भन्ने छैन ।

आयुर्वेदका अनुसार मानिसहरूले खाने र पिउने  समय मौसम र मानिसको शरीरको शारीरिक बनावटको आधारमा  हुनु पर्दछ ।

यदि तपाई यस्तो अवस्थामा स्वस्थ र फिट रहन चाहनुहुन्छ भने आयुर्वेदका यी छ कुराहरू  आफ्नो खानामा समावेश गर्न आवश्यक छ । 

आयुर्वेदका अनुसार खानामा गुलियो, अमिलो, नुनिलो, पीरो, तीतो र टर्रो जस्ता ६ रसहरू समावेश गर्नुपर्छ । यसले हाम्रो शरीरको पोषक तत्त्वलाई सन्तुलित राख्ने गर्छ । 

मिठोले हाम्रो शरीरलाई ऊर्जा र ताकत दिने काम गर्छ । यो शरीरको लागि आवश्यक पनि छ । तर यसको धेरै सेवन गर्दा शरीरमा मधुमेह र अन्य समस्याहरू पनि देखा पर्न सक्छ ।

अमिलोले हाम्रो शरीरमा पाचन प्रणालीलाई बढाउँछ । यसमा भिटामिन र खनिज पदार्थ हुने गर्छ । यसले शरीरमा रोग प्रतिरोधक क्षमता बढाउँछ ।

नुनले शरीरमा पानीको कमीको पुरा गर्छ । यसका साथै पाचन प्रक्रियालाई राम्रो बनाउँछ । यो शरीरको लागि आवश्यक छ । तर यसको धेरै सेवन गर्नाले उच्च रक्तचाप पनि बढाउँछ । 

तीतोले शरीरमा रहेका विषाक्त चिजहरुबाट मुक्त गराउँछ । यसले पाचन प्रक्रियामा राम्रो बनाउँछ । यसले शरीरमा रोग प्रतिरोधक क्षमताको विकास गराउँछ । 

पीरोले शरीरमा ऊर्जा र तागत प्रदान गर्छ । यो शरीरको लागि आवश्यक हुन्छ । तर यसको धेरै प्रयोगले पनि पाचन प्रणालीमा समस्या सृजना गर्न सक्छ । 

जब हामी खानामा यी छ चीजहरूको प्रयोग गर्न सुरु गर्छौँ । तब हाम्रो शरीरमा पाचन प्रणाली धेरै राम्रो हुन्छ । यसका साथै शरीरको लागि आवश्यक सबै चिजहरू प्राप्त गर्छौँ । यसले हाम्रो शरीरलाई तागत दिनुका साथै शरीरमा रहेको विषाक्त चिजलाई समेत बाहिर निकाल्ने काम गर्छ । यसका साथै हाम्रो शरीरको तौललाई सन्तुलित राख्नको लागि पनि सहयोग गर्छ । 

आयुर्बेदले सरसफाइलाई पनि धेरै महत्व दिएको छ । खाना खानु पहिला हात धुन एकदम आवश्यक छ । यसले गर्दा खाना खान् पहिले साब्ुन पानीले राम्रोसँग हात धुनुपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?