मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घुम्न जाने होइन त मनाङको दूधपोखरी ?

काठमाडौँ – दशैँको बिदाइ गरेसँगै जाडो महिना शुरु हुँदै छ । चर्किएको तातो घाम चिसो हुँदै अब छिट्टै हामी अधिकांशलाई घाम नै प्यारो हुन थालेको छ । 

यो प्यारो घामसँगै मिल्ने साथीहरूसँग ट्रेकिङ गर्न जानुको मज्जा नै बेग्लै हुन्छ । झन यो दशैँ र तिहारको यो समय लामो यात्राको लागि राम्रो समय हुन सक्छ । 

तपाईँ  पनि लामो यो समयमा लामो ट्रेकिङको सोचमा हुनुहुन्छ ? त्यसको लागि उपयुक्त घुम्ने ठाउँको खोजीमा हुनुहुन्छ भने तपाईँका लागि दूधपोखरी उत्तम विकल्प हुन सक्छ । यहाँ जानको लागि तपाईँले कम्तीमा पनि १० देखि १२ दिनको समय छुट्याउनु पर्छ । 

लामो समयको यात्रामा तपाईँले कङ्क्रिट संरचनालाई बिदाइ गर्दै ग्रामीण भेगमा पाइने पुरानो घर, गाउँ, संस्कृति, ढुङ्गा र बाटोहरूको अवलोकन गर्न सक्नुहुन्छ । 

यति मात्रै सुन्तलाको बगानमा हिमालको काखमा रमाउँदै यात्रा गर्न सक्नुुहुन्छ । यसले तपाईँको मनलाई छुट्टै आनन्द मात्रै दिँदैन । काठमाडौँमा लामो समयदेखि भोग्दे आउनु भएको प्रदूषण, थकान र कामको बोझलाई पनि भुलाउने छ । 

यो यात्रामा तपाईँहरूले कुनै एक सीमित जिल्लाको मात्र यात्रा गर्नुहुन्न । तपाईँहरू गण्डकी प्रदेशको पोखरा, कास्की हुँदै लमजुङ र मनाङको यात्रा गर्न सक्नुहुन्छ । यात्रासँगै बाटोमा विभिन्न हिमाललाई काखमा राखी बन जङ्गलबाट गुञ्जने गीतहरूसँग रमाउँदै यात्रा गर्न सक्नुहुन्छ । 

काठमाडौँबाट सवारी साधनमा यात्रा गरी पोखरामा पुगे पछि पैदल यात्रा गर्न सक्नुहुन्छ । पोखरामा एक दिन बास बसी दोस्रो दिनबाट पैदल यात्रा शुरु हुन्छ । पोखराबाट कास्कीको हाडीखोलामा पुग्न एक दिन लाग्छ । यसैगरी लमजुङको गिङलुङ, पास गाउँ हुँदै नवौँ दिनमा मनाङमा रहेको दूध पोखरीमा पुग्नुहुन्छ । 

हरेक दिनको यात्रामा तपाईँले फरक फरक शैलीको पदमार्गको प्रयोग गर्नुहुन्छ । कुनै ठाउँमा पक्की सडक, कुनैमा कच्ची, कुनैमा ढुङ्गाको सिँढीलगायतको बाटोहरूको प्रयोग गर्नुहुन्छ । यसका साथै ठाउँ ठाउँमा आउने झोलुङ्गे पुलले यात्रालाई थप रमाइलो बनाउँछ । यति मात्रै नभई यात्रामा कहीँ समथर, कतै उकालो र कतै उकालो बाटोको यात्रा गर्नुपर्ने हुन्छ । 

यात्राको क्रममा गुरुङ, मगर, ब्राह्मण, तामाङलगायत विभिन्न समुदायको संस्कृति र संस्कारसँग घुलमिल गर्न सक्नुहुन्छ । यात्रामा हुने थकान मेट्नको लागि विभिन्न समुदायले सञ्चालनमा ल्याएको होमस्टेले रैथाने परिकार पस्कने छ । यति मात्रै नभई होमस्टेले आफ्नो समुदाय अनुसारको सांस्कृतिक कार्यक्रम पनि गर्ने छ । 

गोरखा र लमजुङको सिमानामा रहेको दूधपोखरी सामुन्द्रिक सतहबाट ४५६० मिटर उचाइमा रहेको छ । त्यसैले यहाँ लेक लाग्न सक्ने समस्या हुन सक्छ । यहाँ हरेक वर्षको जनैपूर्णिमामा मेला लाग्ने गर्छ । 

यात्राको क्रममा देउराली चोकसम्म मात्र वासस्थान भेट्नुहुन्छ । त्यसपछि उता बस्नको लागि गोठ मात्रै भेटिन्छन् । देउराली डाँडापछि लिपे डाँडामा पुगिन्छ । जहाँ भेडीगोठ भेटिन्छ । दूधपोखरी जानको लागि लमजुङ र गोरखाको बाटो प्रयोग गर्दै जान सक्नुहुन्छ । यी सडकको प्रयोग गरी जाँदा तपाईँ कम्तीमा पाँच देखि छ दिनमा दूधपोखरी पुग्नुहुन्छ । 

यात्रामा तपाईँहरूले ठूला पाटनहरू र पाटनमा चरेका भेडाहरु देख्न सक्नुहुन्छ । तर जाडो महिना शुरु भएसँगै यहाँको भेडीगोठहरु सार्ने गरिन्छ । पाटनमा रङ्गीचङ्गीका फूलहरू फुल्छन् । ती फूलहरूमा तपाईँ रमाउन सक्नुहुन्छ । डाँडामा पुगेर देखिन बादल, विभिन्न हिमालले थप आनन्दित बनाउँछ । यसका साथै चिसो हावाले थप रमाइलो बनाउँछ । 

लामो यात्रामा क्याम्पिङ  गर्ने ठाउँहरू पनि रहेको छ । थकाइ लागेको अवस्थामा तपाईँले साथीहरूसँग क्याम्पिङ गर्न सक्नुहुन्छ । 

दूधपोखरीमा जाडोयाममा निकै जाडो हुन्छ । त्यसैले यहाँ जाडोयाममा जाने खासै पर्यटक भेटिँदैन । जनैपुर्णिमामा मेला लाग्ने भएकाले मनाङ, लमजुङ र गोरखाका स्थानीय बासिन्दासँगै अन्य क्षेत्रबाट पनि जाने गर्दछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?