मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किवी फल : स्वास्थ्यमा के-के फाइदा गर्छ ?

पछिल्लो समय किवी फलको खेती र यसप्रतिको आकर्षण निकै बढ्दो छ । गाउँघरमा पनि किवी खेती गर्नेको सङ्ख्या पनि र बजार माग पनि बढ्दो छ ।

यो फल शुरुमा चीनमा पत्ता लागेको र २०औँ शताब्दीमा न्युजिल्यान्डमा यसको विकास भएको मानिन्छ । त्यतिखेर यसलाई चाइनिज गुजबेरीको रूपमा चिनिन्थ्यो । 

पछि फलफूल विज्ञहरूले यसको नाम किवी राखेका हुन्। यो न्युजिल्यान्डमा पाइने ‘क्वी’ चराजस्तै भएकाले यसको नाम ‘क्वी’ फल राखिएको भनिन्छ ।

पोषक तत्वहरूले भरिपूर्ण किवीमा पोटासियम, फाइबर, भिटामिन सी, फोलिक एसिड, भिटामिन ई र पोलिफेनोल्स भरिपूर्ण मात्रामा पाइन्छ । साथै, किवीमा क्यालोरी धेरै कम हुन्छ, त्यसैले तौल घटाउन चाहनेहरूका लागि यो फल अमृत समान हो । 

कब्जियत हटाउँछ

यदि तपाईँ कब्जियतको बिरामी हुनुहुन्छ भने दैनिक २ देखि ३ किवीको सेवन गर्नुहोस् । वास्तवमा, कब्जियतको समस्यालाई हटाउन किवी धेरै लाभदायक छ । यसमा पेट सफा गर्ने गुणहरू पनि पाइन्छ ।

इम्युनिटी बलियो बनाउँछ

जसको रोग प्रतिरोधक क्षमता कमजोर हुन्छ, तिनीहरू मौसमी रोगहरूको चपेटामा छिट्टै पर्छन् । यस्तो अवस्थामा आफ्नो इम्युनिटी बढाउन किवीको सेवन गर्नुहोस् । यसमा रहेको भिटामिन सीले तपाईँको कमजोर इम्युनिटीलाई बढाउन मद्दत गर्छ ।

ज्वरोमा फाइदाजनक

एन्टिअक्सिडेन्ट्स, भिटामिन सी, पोटासियम र फाइबर जस्ता धेरै पोषक तत्त्वहरूले भरिपूर्ण किवी डेंगु जस्ता ज्वरोमा धेरै लाभदायक हुन्छ । यदि तपाईँ डेंगुको चपेटामा पर्नुभयो भने किवीको सेवन गर्नुहोस् । डेंगु ज्वरोमा प्लेटलेट्स धेरै छिटो घट्न थाल्छ, जसमा किवीले यी प्लेटलेट्सलाई बढाउन मद्दत गर्छ ।

मुटुको लागि फाइदाजनक 

किवीको सेवनले तपाईँको मुटुको स्वास्थ्य राम्रो हुन्छ । यसमा रहेको फाइबर र पोटासियमले खराब कोलेस्ट्रोललाई नियन्त्रण गर्छ र धमनीहरूलाई बलियो बनाउँछ ।

आँखाको दृष्टि बढाउँछ

किवी आँखाको दृष्टिका लागि धेरै फाइदाजनक छ । यसको सेवनले तपाईँको आँखाको दृष्टि तेज हुन्छ र आँखाको कमजोरीको समस्या बिस्तारै हट्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?