मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लामिछानेलाई पोखरा पुर्‍याइयो, आइतबार अदालतमा पेस गरिने

काठमाडौँ – सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई रवि लामिछानेलाई पोखरा पुर्‍याइएको छ ।

शुक्रबार राति काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै बिहान ३ बजे पोखरा पुर्‍याइएको हो ।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ । 

आज शनिबारको बिदा परेका कारण लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?