मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हरियो लसुनको सेवनले मिल्छ यी समस्याबाट राहत

हामी लसुनको प्रयोग तरकारीमा स्वाद बढाउनको लागी प्रयोग गर्छौ । हरियो लसुनले झानेको दालको मिठास नै अर्कै हुन्छ । हरियो लसुन पौष्टिक तत्त्वले भरिपूर्ण हुन्छ । 

यसमा भिटामिन बी, भिटामिन सी, पोटासियम, म्याग्नेसियम, फस्फोरस, सेलेनियम र एन्टिअक्सिडेन्ट जस्ता पोषक तत्त्वहरू पाइन्छन् । साथै यसमा एन्टी ब्याक्टेरियल, एन्टि भाइरल, एन्टी फंगल र एन्टी माइक्रोबियल गुण पनि हुन्छ । 

हरियो लसुनको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । हरियो लसुन खाँदा शरीरका धेरै समस्यामा आराम मिल्छ । यो खाँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ र रक्तचाप पनि नियन्त्रणमा रहन्छ । साथै, यो पाचन र मुटुको स्वास्थ्यका लागी राम्रो हुन्छ । लसुनको हरियो पातको तरकारीमा मिसाएर खान सक्नुहुन्छ । 

हरियो लसुन सेवन गर्दा मिल्ने लाभहरु 

जोर्नी दुखाइबाट राहत

हरियो लसुनमा भिटामिन सी, एन्टिअक्सिडेन्ट र मिनरल्स प्रशस्त मात्रामा पाइन्छ । यसको प्रयोगले शरीरमा रक्तसञ्चार राम्रोसँग हुन्छ, जसले जोर्नी दुख्ने र सुन्निने समस्याबाट राहत दिन्छ । 

रक्तचाप नियन्त्रण

हरियो लसुनको सेवन मुटुको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसमा म्याग्नेसियम र फस्फोरस जस्ता तत्त्वहरू पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । यसले शरीरमा खराब कोलेस्ट्रोल कम गर्छ र राम्रो कोलेस्ट्रोल बढाउँछ। यो खाँदा हृदयाघात र स्ट्रोक जस्ता मुटुसँग सम्बन्धित रोगको जोखिम कम हुन्छ ।

प्रतिरक्षा प्रणाली बलियो बनाउँछ

हरियो लसुनको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । वास्तवमा, यसमा भिटामिन सी र एन्टिअक्सिडेन्टजस्ता पोषक तत्त्वहरू हुन्छन् । यसका साथै यसमा एन्टी ब्याक्टेरियल र एन्टी फङ्गल गुण पनि प्रशस्त हुन्छ । यसको सेवनले ब्याक्टेरिया र भाइरसको सङ्क्रमणबाट केही हदसम्म बच्न सकिन्छ ।

पाचन तन्त्र बलियो राख्छ

हरियो लसुनको सेवनले पाचन प्रणाली स्वस्थ रहन्छ । यसको प्रयोगले पाचन क्रियामा सुधार आउँछ भने पेटसम्बन्धी समस्याबाट छुटकारा मिल्छ । हरियो लसुनको नियमित सेवनले पेटमा ग्यास, कब्जियत र अपच जस्ता समस्याबाट मुक्ति मिल्छ ।

मस्तिष्कको स्वास्थ्यका लागी लाभदायक

हरियो लसुन हाम्रो मस्तिष्कको स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी गुणमा धनी भएकाले यसले अल्जाइमर जस्ता रोगविरुद्ध प्रभावकारी रूपमा काम गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?