मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लामिछानेको पक्राउमा अवरोध गर्दैनौं : मनिष झा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ का कार्यवाहक प्रवक्ता मनिष झाले सभापति रवि लामिछानेको पक्राउमा अवरोध नगर्ने जानकारी दिएका छन् ।

पार्टी कार्यलय अगाडी मिडियालाई सम्बोधन गर्दै लामिछानेलाई पक्राउ गर्न प्रहरी आएको बताउदै पक्राउको क्रममा अवरोध नगर्न कार्यकर्तालाई आग्रह समेत गरेका छन् । उनले कुनै अमुक व्यक्तिकोराजनीतिक कुण्ठा पुरा गर्न प्रहरी परिचालन गरेर लामिछानेलाई पक्राउ गर्न लागिएको समेत आरोप लगाएका छन् ।

झाले केहि बेरमामा लामिछानेले मिडियालाई सम्बोधन गरेपछि प्रहरीसँग जाने र प्रहरीले उनलाई आजै पोखरा लैजाने जानकारी दिएको बताएका छन् ।

शुक्रबार नै जिल्ला अदालत कार्कीले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएपछि केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० को टोली रास्वपा कार्यालय पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?