मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबीको टोली रास्वपा कार्यालयमा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ को टोली पार्टी कार्यालय बनस्थली पुगेको छ।

सीआईबीको टोली पक्राउ गर्न काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयमा पुगेको हो । सीआईबीको टोलीसँगै रास्वपा कार्यालय क्षेत्रमा अहिले ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

शुक्रबार जिल्ला अदालत कास्कीले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएपछि सीआईबीको टोली पुर्जी लिएर गएको हो । लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगी कसुरमा पुर्जी जारी भएको छ ।

लामिछानेलाई पक्राउ पुर्जी जारी भएपछि ठुलो संख्यामा रास्वपा कार्यकर्ता र मिडिया पार्टी कार्यलय पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?