मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साइबर सुरक्षा

साइबर अपराधबाट बच्चालाई कसरी बचाउने ?

काठमाडौँ– पछिल्लो समय साइबर अपराध निकै बढेको देखिन्छ । काठमाडौँ भोटाहिटीस्थित साइबर ब्युरो कार्यालयको तथ्याङ्कलाई हेर्ने हो भने डरलाग्दो स्थिति देखिन्छ ।

ब्युरोको आर्थिक वर्ष २०७९/०८० को तथ्याङ्कलाई हेर्ने हो भने मा झन्डै नौ हजार वटा उजुरी परेका थिए । आर्थिक वर्षको अन्त्यसम्ममा १५ हजारको हाराहारीमा उजुरी परेका थिए । पछिल्लो आर्थिक वर्षमा यो सङ्ख्या बढेको छ । 

नक्कली फेसबुक अकाउन्ट खोलेर रोजगारीको अवसर खुलेको भन्ने अनि फिजिकल फिटनेसको जाँच गर्नुपर्छ भनेर माग्ने, नग्न फोटो र भिडिओको आडमा ब्ल्याकमेल गर्ने, नाबालिकाको फोटो प्रयोग गरेर अश्लील क्याप्सनसहित नक्कली पहिचानमा सामाजिक सञ्जालमा राखिदिने र पीडितका आफन्तहरूलाई त्यस्ता सामग्री पठाएर धम्की दिने, सामाजिक सञ्जालमा साथी बनाएर गोप्य फोटो र भिडिओ साटासाट गर्ने अनि सम्बन्ध बिग्रिएपछि पीडितका आफन्त र साथीभाइकहाँ पठाइदिने जस्ता थुप्रै साइबर क्राइमका मुद्दाहरू ब्युरोमा आएका देखिन्छन् ।

त्यसकारण बालकालिकाहरुका लागि त झनै सामाजिक सञ्जाल र इन्टरनेटले बढी प्रभाव प्रभाव पारेको देखिन्छ । इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढेसँगै पोर्न फिल्म हेर्ने प्रवृत्ति समेत बढ्दै गएको छ ।

यसले ठूलो सङ्ख्यामा अपराधलाई प्रोत्साहन गरिरहेको देखिन्छ । यसको पहुँच बच्चासम्म समेत पुग्न सक्छ । त्यसकारण बच्चालाई यसबाट जोगाउन अभिभावकहरूले बेलैमा सचेत हुन अति आवश्यक छ । 

साइबर अपराधबाट बच्चालाई जोगाउने उपायहरू 

इन्टरनेट प्रयोगमा निगरानी

बालबालिकाको इन्टरनेट प्रयोगमा निगरानी गरिराख्नुपर्छ । उनीहरू चलाउने वेबसाइटहरू केके हुन्, ती साइटहरू कति सुरक्षित छन् भन्ने कुरामा अभिभावकहरू सुनिश्चित हुनुपर्छ । बालबालिकाका लागि उपयुक्त सामग्री हेर्न अभिभावकले नियन्त्रण र फिल्टरिङ सफ्टवेयर प्रयोग गर्नुपर्छ । बालबालिकालाई अनलाइन सुरक्षाको बारेमा सिकाउनुपर्छ । तिनीहरूलाई कुनै पनि अपरिचितहरूसँग अनलाइन अन्तरक्रिया नगर्न र कुनै पनि व्यक्तिगत जानकारी साझा नगर्न बेला बेलामा सुझाव दिनुपर्छ । अपरिचित व्यक्तिहरूसँग अनलाइन फोटोहरू वा भिडियोहरू साझेदारी गर्नु खतरनाक हुन सक्छ भनेर सतर्क गराउनुपर्छ । 

बच्चाहरूसँग खुल्ला संवाद

केटाकेटीहरूसँग नियमित रूपमा अन्तरक्रिया गर्नुको साथै उनीहरूले अनलाइन के गरिरहेका छन् भनेर ध्यान दिनुपर्छ । यदि तिनीहरू कुनै शङ्कास्पद सामग्री वा व्यक्तिको सम्पर्कमा आएमा त्यसबारे अभिभावक वा शिक्षकलाई तुरुन्तै बताउन प्रोत्साहन गर्नुपर्छ । साथै बालबालिकाका लागि उपयुक्त हुने एप र गेमहरू प्रयोग प्रोत्साहन गर्नुपर्छ । यदि कुनै एप वा गेम शङ्कास्पद वा अनुपयुक्त सामग्री प्रदर्शन गरिरहेको छ भने यसलाई तुरुन्तै ब्लक गरिहाल्नुपर्छ । 

तुरुन्तै रिपोर्ट गर्ने 

यदि तपाईँले कुनै शङ्कास्पद सामग्री वा गतिविधि देख्नुभयो भने सम्बन्धित वेबसाइट वा प्लेटफर्ममा रिपोर्ट गरिहाल्नुपर्छ । धेरै प्लेटफर्महरूमा आपत्तिजनक बाल पोर्नोग्राफी कानुनद्वारा दण्डनीय छ भनेर आमाबाबुलाई रिपोर्ट गर्न र ब्लक गर्ने सुविधा प्रदान गरिएको हुन्छ । बालबालिका यसबाट पीडित भएमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराई कानुनी कारबाहीको प्रक्रियामा जानुपर्छ । 

मनोचिकित्सकसँग सल्लाह लिने

यदि बच्चालाई कुनै प्रकारको मानसिक वा भावनात्मक दुर्व्यवहार भएको छ भने तुरुन्त मनोचिकित्सकसँग परामर्श लिनुपर्छ । बालबालिकाको मानसिक स्वास्थ्यको ख्याल गर्नु निकै जरुरी हुन्छ । बालबालिकालाई चाइल्ड पोर्नोग्राफी, साइबर अपराधबाट जोगाउन अभिभावक, शिक्षक र समाजका सबै सदस्यको सक्रिय भूमिका आवश्यक रहन्छ । डिजिटल संसारमा बालबालिकालाई सुरक्षित राख्नु सबैको साझा जिम्मेवारी हो । यसका लागि सही शिक्षा र अनुगमनको अति आवश्यक छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?