मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हमास नेता सिनवारको मृत्युले बन्धक छुटाउने बाटो खुल्ला त ?

काठमाडौँ – इजरायलले गाजामा गरेको हवाई आक्रमणमा हमास प्रमुख याह्या सिनवारको मृत्यु भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजरायली सेनाले पनि यसको पुष्टि गरेका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले याह्याको मृत्युले इजरायलले याह्या सिनवारबाट बदला लिएको बताएका छन् । उनले युद्ध अझै समाप्त नभएको बताउँदै हमास नेता सिनवार होलोकास्ट पछिको इतिहासमा सबैभन्दा घातक नरसंहार गर्ने व्यक्ति रहेको बताए ।

बेन्जामिनसँगै अमेरिकी राष्ट्रपति जो वाइडेनले पनि प्रतिक्रिया दिएका छन् । वाइडेनले डिएनए परीक्षणबाट सिनवारको मृत्यु भएको पुष्टि भएको बताए । यो इजरायल र संयुक्त राज्य अमेरिका साथै सम्पूर्ण विश्वको लागि राम्रो दिन भएको उनले टिप्पणी गरेका छन् ।

उनले इजरायली बन्धकहरूको रिहाइको लागि यो राम्रो अवसर भएको बताए । साथै उनले यसले एक वर्षदेखि जारी गाजा युद्धको अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन् ।

अमेरिकाले सिनवार आतंकवादी संगठन हमासको प्रमुखको रूपमा, सिनवार हजारौं इजरायली, प्यालेस्टिनी, अमेरिकी र तीस भन्दा बढी देशहरूमा सर्वसाधारणको मृत्युको लागि जिम्मेवार रहेको उल्लेख गर्दै गत वर्षको अक्टोबर ७ को हत्याकाण्ड, बलात्कार र अपहरणका मुख्य योजनाकार रहेको बताएको छ ।

जो वाइडेनले अब आफूले बन्धकहरूलाई उनीहरूको परिवारमा फिर्ता ल्याउने र यो युद्ध सदाका लागि अन्त्य गर्ने उपायबारे छलफल गर्ने बताएका छन् ।

त्यस्तै प्रधानमन्त्री नेतान्याहुले इजरायलले याह्या सिनवारको बदला लिएको तर युद्ध अझै नसकिएको बताएका छन् ।

उनले भने, हमास नेता सिनवार होलोकास्ट पछिको इतिहासमा सबैभन्दा घातक नरसंहार गर्ने व्यक्ति थिए । नेतान्याहुले हमास नेताको मृत्यु युद्धमा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको बताए । उनले अब गाजामा बन्धक बनाइएकाहरूलाई फिर्ता ल्याउन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?