मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बङ्गलादेशको अन्तरिम सरकारले रद्द गर्‍यो ८ सरकारी बिदा

काठमाडौँ – बङ्गलादेशमा मोहम्मद युनुसको सरकारले स्वतन्त्रता र स्थापना दिवससँग सम्बन्धित ८ वटा सरकारी बिदा रद्द गरेको घोषणा गरेको छ । यी मध्ये, दुई सबैभन्दा महत्त्वपूर्ण मितिहरू मार्च ७  र अगस्त १५ समावेश छन्।

मार्च ७ मा बङ्गलादेशका संस्थापक शेख मुजिबुर रहमानले भाषण दिएर पाकिस्तानी सेनाको विरुद्धमा सम्पूर्ण देशलाई एकजुट गरेको दिन हो । अहिले यो दिनलाई त्यहाँ स्वतन्त्रताको बिगुल फुकेको दिनका रूपमा स्मरण गरिन्छ । 

त्यस्तै बङ्गलादेशमा अगस्त  १५ मा शोक मनाइन्छ । सन् १९७५ को अगस्त १५ मा बङ्गलादेशका धेरै सेनाका अधिकारीहरूले शेख मुजिबुर रहमानको घरमा प्रवेश गरी उनको हत्या गरेका थिए । यस दिन त्यहाँ शोक मनाइएको थियो । युनुस नेतृत्वको सरकारले यी दुवै दिनको बिदा रद्द गर्ने निर्णय गरेको छ ।

यो निर्णय लिनेमा शेख हसिनाको विरुद्धमा आन्दोलन सुरु गरेका व्यक्तिहरू पनि पर्छन्। जसले पछि उनको पदच्युतको नेतृत्व गरेको थियो ।

शेख मुजिबुर रहमानकी छोरी शेख हसिनाको पार्टी अवामी लिगले बिदा रद्द गरेकोमा विरोध गरेको छ । पार्टीले आफ्नो फेसबुक पेजमा गैरकानुनी सरकारले बंगलादेश निर्माणको इतिहासलाई नष्ट गर्न खोजेको टिप्पणी गरेको छ । लिगले देशमा पाकिस्तानको विचारधारा थोपाउन चाहेको उल्लेख गरेको छ ।

त्यस्तै बिहीबार बङ्गलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य ४५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । न्यायाधिकरणले हसिनासहित ४६ जनालाई पक्राउ गरी नोभेम्बर १८ सम्म न्यायाधिकरणमा पेस गर्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?