बजारमा सर्वत्र उपलब्ध हुने चिप्स,चिजबल,कुरमुरेका प्याकेटहरू हावा भरेर फुलाइएको हुन्छ । प्याकेट हेर्दा यस्तो लाग्छ की प्याकेटभरि खानेकुरा छ ।
तर तपाईँले प्याकेट फुटाएपछि थाहा पाउनुहुन्छ खानेकुरा त प्याकेटको पिँधमा मात्रै हुन्छ । आखिर के राखेर फुलाइएको हुन्छ त चिप्सको प्याकेट ? र यस्ता हावा भरिएर फुलाइएका चिप्सहरू खानका लागी कत्तिको स्वस्थकर हुन्छन् ? आज हामी यहि सन्दर्भमा जानकारी गराउँछौ ।
प्रत्येक चिप्सको प्याकेटमा नाइट्रोजन भरिएको हुन्छ । अब कुरा गरौँ नाइट्रोजन ग्यास भरिएको चिप्सको सेवन गर्दा स्वास्थ्यको लागि कुनै खतरा हुन्छ या हुँदैन ?
जति पनि चिप्स तयार बनाइन्छ ती चिप्सका प्याकेटलाई नाइट्रोजन ग्यासको साथमा प्याक गरिन्छ । नाइट्रोजन ग्यास रङ्गहीन, गन्धहीन ग्यास हो । धेरै मात्रामा नाइट्रोजन ग्यास सुँघ्दा यसले स्वास्थ्यका लागि ठूलो जोखिम पैदा गर्न सक्छ ।
यद्यपि नाइट्रोजन एक निष्क्रिय ग्यास हो, जसले पृथ्वीको वायुमण्डलको लगभग ७८ प्रतिशत हिस्सा ओगटेको छ । तर, यसले सास फेर्न बाधा पुर्याउन सक्छ, जसले भ्रम र चेतनालाई कमजोर देखि मृत्युसम्मको जोखिम हुन्छ ।
यसको अक्साइडहरूले महत्वपूर्ण श्वासप्रश्वाससम्बन्धी समस्याहरू पैदा गर्न सक्छन् । यसको सम्पर्कमा धेरै समय रहँदा दम बढ्न सक्छ र फोक्सोको पुरानो रोगहरू उत्पन्न हुन सक्छ ।
नाइट्रोजन एक निष्क्रिय ग्यास हो, यसले चिप्सलाई ताजा र कुरकुरे राख्न मद्दत गर्छ । नाइट्रोजनले प्याकेटभित्रको अक्सिजन हटाएर चिप्ससँग कुनै रासायनिक प्रतिक्रिया हुन दिँदैन । धेरै मात्रामा नाइट्रोजन सुँघ्दा खतरनाक हुन सक्छ, प्याकेट बन्द गर्न र खाना ताजा राख्न यसको प्रयोग गरिन्छ ।
अक्सिजनले चिप्सलाई नरम बनाउन सक्छ तर, नाइट्रोजनले प्याकेटभित्रको वातावरणलाई सुक्खा राख्छ । चिप्सका प्याकेटहरूमा नाइट्रोजन भर्नाले स्वास्थ्यमा कुनै असर गर्दैन ।
यसमा शुद्ध नाइट्रोजन प्रयोग गरिन्छ र यसको मात्रा पनि धेरै कम हुन्छ । त्यसैले यसले तपाईँको स्वास्थ्यमा कुनै असर पार्दैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया