मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका महिला टी- २० विश्वकपको फाइनलमा

काठमाडौँ – दक्षिण अफ्रिका जारी आईसीसी महिला टी-२० विश्वकपको फाइनलमा पुगेको छ ।

दक्षिण अफ्रिकाले सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

अस्ट्रेलियाले दिएको १३५ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १७ .२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै १३४ रन बनाएको थियो ।

६ पटकको विश्वकप विजेता अस्ट्रेलिया २००९ पछि पहिलो पटक सेमिफाइनलबाट बाहिरिएको छ ।  

योसँगै दक्षिण अफ्रिकाले अब फाइनलमा न्यूजील्याण्ड र वेस्ट इन्डिजबीचको विजेतासँग आइतबार खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?