मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हेमांग बदानी बने दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक

काठमाडौँ – पुर्व क्रिकेटर हेमांग बदानी आइपिएल टिम दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक बनेका छन् । बदानीले अब पुर्व प्रशिक्षक रिक्की पोन्टिङको स्थान लिने छन् ।

त्यस्तै दिल्लीले पुर्व ब्याट्सम्यान भेनुगोपाल रावलाई डाइरेक्टर अफ क्रिकेट नियुक्त गरेको छ । रावले यस अघि दिल्लीमा सौरभ गांगुलीले निभाएको भूमिका निभाउने छन् ।

बदानीसँग विदेशी टी-२० लिगमा प्रशिक्षक बनेको अनुभव छ भने भारतीय घरेलु क्रिकेटमा पनि प्रशिक्षणको अनुभव रहेको छ । बदानी दिल्लीकै गत जनवरीमा आइएलटी-२० मा उपविजेता बनेको टिम दुबई क्यापिटल्सको हेड कोच रहेका थिए ।

त्यसैगरी दिल्लीको प्रमुख लगानीकर्ता समुह जेएमआर ग्रुप र जेएसडब्लु स्पोर्ट्सबीच पनि आइपिएलको पुरुष टिम र महिला टिम व्यवस्थापनको अप्रेशन लिडरसिपमा अद्ला बदलि भएको छ ।

अब आइपिएलको पुरुष टिमको व्यवस्थापन दुई बर्षका लागि जेएमआरले हेर्ने भएको छ भने महिला टिमको व्यवस्थापन जेएसडब्लु स्पोर्ट्सले दुई बर्षका लागि हेर्ने भएको छ । दिल्लीले आइपिएलको अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?