मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साफ महिला च्याम्पियनसिपमा पाकिस्तानमाथि भारत ५-२ ले विजयी

काठमाडौँ – भारतले साफ महिला च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । विहिबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

भारतले खेलको पहिलो हाफमा भारतले ४-१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा दुवैले एक एक गोल गरेका थिए । भारतको जितमा डांगमेई ग्रेसले दुई गोल गरेकी थिइन्, भने मनिषा कल्याण, ज्योति र बाला देवीले एक एक गोल गरेका थिए । त्यस्तै पाकिस्तानका लागि सुहा हिरानी र कायला सिद्दिकीले एक एक गोल गरेका थिए ।

समुह ए मा रहेको भारतले अब अर्को खेल अक्टोबर २३ मा बंगलादेशविरुद्ध खेल्ने तालिका छ भने पाकिस्तानले अर्को खेल अक्टोबर २० मा बंगलादेशसँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?