मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

न्यूजील्याण्डको भारतविरुद्ध पहिलो टेस्टमा उत्कृष्ट शुरुवात

काठमाडौँ – न्यूजील्याण्डले भारतविरुद्धको पहिलो टेस्टमा उत्कृष्ट शुरुवात गरेको छ । पहिलो दिन बर्षाले अवरुद्ध भएको खेलको दोस्रो दिन भारतलाई ४६ रनमा अल आउट गरेको न्यूजील्याण्डले दोस्रो दिनको खेल सकिदा ३ विकेट बनाएर १८० रन बनाउदै पहिलो इनिंगमा १३४ रनको अग्रता बनाएको छ ।

न्यूजील्याण्डका लागि डेभोन कोनवेले सर्बाधिक ९१ रन बनाए भने विल योंगले ३३ र कप्तान टम लाथमले १५ रन बनाए । त्यस्तै रचिन रविन्द्र २२ तथा डार्यल मिचेल १४ रन बनाएर खेलिरहेका छन् ।

त्यस्तै भारतका बलर आर आश्विन, कुलदीप यादव र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारत केवल ४६ रनमा नै अल आउट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?