मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अदालतको अपहेलना मुद्दा : बार अध्यक्ष घिमिरेविरुद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ – नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अदालतको अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी भएको छ ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्धय कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजालसले उक्त मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश दिएको हो ।

बारका अध्यक्ष घिमिरेविरुद्ध सर्वोच्चका प्रवक्ता तथा उपरजिस्ट्रार गोविन्द घिमिरेले टिप्पणी उठाएर मुद्दा दर्ता गरेका थिए । न्याय परिषद् नियमावली सच्याउन माग गर्दै लामो समयदेखि आन्दोलनमा उत्रिएको बारले न्यायाधीशहरुले भ्रष्ट्राचार गरेको भन्दै आक्रामक अभिव्यक्ति दिएका थिए । बारको आन्दोलनलाई बेवास्ता गर्दै निवर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उच्च अदालतका मुख्य न्यायाधीशद्धय नित्यानन्द पाण्डे र नृपध्वज निरौलालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका थिए ।

आफूहरुको आन्दोलनलाई पन्छाएर न्याय परिषद्ले एकलौटी गरेको भन्दै बार अध्यक्ष घिमिरेले सेटिङमा न्यायाधीश नियुक्ति गरेको आरोप लगाएपछि सर्वोच्चको फुलकोट बैठकले घिमिरेविरुद्ध मुद्दा दायरगर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?