मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रदीप खड्का अभिनीत फिल्म ‘एक्टर’ को प्रदर्शन मिति सर्‍यो

काठमाडौँ – प्रदीप खड्का अभिनीत फिल्म ‘एक्टर’ को प्रदर्शन मिति सरेको छ । 

यसअघि कात्तिक १५ गते अर्थात लक्ष्मीपूजादेखि प्रदर्शनमा आउने भनिएको फिल्म पूर्वनिर्धारित मितिमा रिलिज नहुने भएको हो। मानवीय र प्राविधिक समस्याका कारण पूर्वनिर्धारित मिति स्थगित गरिएको जनाइएको छ।

अब फिल्मलाई माघ १६ गतेदेखि प्रदर्शनमा ल्याइने निर्माताले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन्। 

फिल्मको उत्कृष्टता र दर्शकहरूको सन्तुष्टिलाई ध्यानमा राखेर अझै परिष्कृत रूपमा दर्शकमाझ फिल्म पुर्‍याउने उद्देश्यका साथ नयाँ मिति तय गरिएको विज्ञप्तिमा उल्लेख छ। 

अदृत फिल्मस् प्रा.लि. र मोती फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको ‘एक्टर’ लाई राजन भुषालले निर्देशन गरेका हुन्।

फिल्ममा प्रदीपसहित राजबल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी, दिव्य देव, सुशील सिटौल, उषा रजक लगायत कलाकारहरूको अभिनय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?