मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिनेमा

ट्रेलरमा यस्तो देखियो ‘पूर्णबहादुरको सारङ्गी’

काठमाडौँ – प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको छ । 

विजय बरालको शीर्ष भूमिका रहेको फिल्मको यो मर्मस्पर्शी ट्रेलरमा  सारङ्गीको परम्परा जोगाउन र यसलाई पुस्तान्तरण गर्नेतर्फ गाइने समुदायले गर्ने सङ्घर्षको कथा देखाइएको छ । 

३ मिनेट २६ सेकेण्ड लामो ट्रेलरमा परम्परालाई पुस्तामा हस्तान्तरण र छोरालाई सुशिक्षित तुल्याउनेतर्फ बाबुले देखेको सपनाको कथा समेत समेटिएको छ । 

फिल्ममा बाबुको भूमिकामा बराल छन् भने छोराको भूमिकामा प्रकाश सपुत छन् । यो फिल्म समग्रमा बाबु र छोराको सम्बन्धको कथा हो । 

सरोज पौडेल निर्देशित फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन् । यो फिल्म कात्तिक १५ गते प्रदर्शन हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?