कागती एक प्रकारको रसिलो तथा अमिलो सदाबहार फल हो । कागती भिटामिन सी को महत्त्वपूर्ण स्रोत हो । यसको धेरै औषधीय गुणहरू पनि छन् ।
कागतीको नियमित सेवनबाट शरीरको तौल नियन्त्रण चमत्कारिक ढङ्गले हुने गर्दछ । कागती सबै मौसममा पाइने अत्यधिक फाइदा दिने फल हो । यसले खानामा मात्र स्वाद बढाउने नभई यसमा औषधीय तथा सौन्दर्यवर्द्धक गुण समेत रहने गर्दछ ।
यसमा भिटामिन सी को पर्याप्त स्रोत पाइन्छ । यस्तै खाना खाने बित्तिकै कागतीको रस खाँदा पनि विभिन्न फाइदाहरू हुन्छन् । आज हामी यसै विषयमा जानकारी गराउँछौ ।
पेट फुल्ने समस्या हटाउँछ
पेट फुलेको छ वा अपचको समस्या छ भने कागतीको रसले राहत दिलाउन मद्दत गर्दछ । यो अम्लीय प्रकृतिको भएपनि यसको प्रभाव अल्कलाइन हुन्छ । जसबाट पीएच स्तर सन्तुलित रहन्छ ।
पाचन सुधार
खाना खाए लगत्तै कागती खाइयो भने पाचन रस र इन्जाइमको उत्पादन बढाउँछ र पाचनमा छिटो सुधार ल्याउँछ । कागतीमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । यसले शरीरको पीएच स्तर सन्तुलनमा राख्न मद्दत गर्छ । यसबाट एसिडिटीको समस्यालाई कम हुन्छ ।
एन्टिअक्सिडेन्ट गुणले भरिपूर्ण
कागतीमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा अक्सिडेटिभ क्षति वा तनाव रोकेर हामीलाई स्वस्थ राख्न मद्दत गर्छ ।
इम्युनिटी र कोलाजेन बढाउँछ
कागतीमा भिटामिन सी प्रचुर मात्रामा पाइने भएकोले यसले प्रतिरक्षा प्रणाली बूष्ट गर्न पनि मद्दत गर्छ । यसले कोलाजेनको उत्पादन बढाउँछ । यो छालाको स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया