मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महिला टी- २० विश्वकप: आज पहिलो सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै

काठमाडौँ – जारी आईसीसी महिला टी- २० विश्वकप अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदै छ ।

आज पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुँदै छ ।

अस्ट्रेलिया प्रतियोगितामा अपराजित रहँदै समूह ए को विजेता हुँदै सेमिफाइनलमा पुगेको हो भने दक्षिण अफ्रिका समूह बी को उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो ।

समूह चरणमा ४ खेल खेलेको दक्षिण अफ्रिकाले इङल्याण्डविरुद्ध हार बेहोरेको थियो ।

त्यस्तै दोस्रो सेमिफाइनल खेल भने शुक्रबार हुँदै छ । दोस्रो सेमिफाइनलमा वेस्ट इन्डिज र न्यूजील्याण्ड खेल्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?