मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

धौलागिरिमा ज्यान गुमाएका आरोहीको शव इटली आधार शिविर झारियो

म्याग्दी – दश दिनअघि धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना पर्वतारोहीको शव सङ्कलन गरेर इटली आधार शिविर झारिएको छ ।

सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रसियाका पाँच जना पर्वतारोहीको शव सङ्कलन गरेर आज चार हजार मिटर उचाइको इटली आधार शिविर झारिएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले एक वटा शव हेलिकप्टरले सिधै काठमाडौँ लगेको र चार वटा शव इटली आधार शिविरमा झारिएको जानकारी दिए ।

एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समित टे«कका सञ्चालक मिङ्मा शेर्पासहितको शेर्पाहरुको टोलीले शव उठाएका थिए । उद्धारमा समन्वय गरेका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले मौसम अनुकूल भएमा बाँकी चार वटा शव पनि इटली आधार शिविरबाट आजै काठमाडौँ लैजाने तयारी भएको जानकारी दिए ।

आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।

हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण सङ्कलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो । उद्धारकर्ताहरु हेलिकप्टरबाट डोरीमा झुण्डिएर शव भएको ठाउँमा पुगेका हुन् ।

आइएम टे«किङ एण्ड एक्सपीडिसनमार्फत १४ जना रसियाका पुरुष पर्वतारोही धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । दुई जनाले सफल आरोहण गरेका थिए । सात जना पर्वतरोहीले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए ।

यसअघि शव ल्याउन हिमालमा गएको हेलिकप्टर रित्तै फर्किएको थियो । संसारको सातौँ ९८,१६७ मिटर० अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरद्याममा रसियाका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?