मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गम्भिर चोट लागेकी रकुल प्रीत सिंहको स्वास्थ्य कस्तो छ ?

काठमाडौँ – बलिउड अभिनेत्री रकुल प्रीत सिंह अहिले ‘दे दे प्यार दे २’ को सुटिङमा व्यस्त छिन् । यसैबीच नायिका गम्भीर घाइते भएको खबर आएको छ । रिर्पोटका अनुसार रकुल जिममा कसरत गर्ने क्रममा घाइते भएकी हुन् ।

गम्भीर घाइते भएकी नायीकालाई डाक्टरले आराम गर्न सल्लाह दिएका छन्, जिममा कसरत गर्ने क्रममा रकुल प्रीत सिंहको ढाडमा चोट लागेको रिर्पोटले जनाएकाे छ ।

जिममा कसरतको क्रममा रकुल प्रीत सिंहले बेल्ट नलगाई ८० केजी डेडलिफ्ट गरिन्, जसका कारण उनको ढाड दुखेको थियो । यो घटना ५ अक्टोबरको बिहान भएको थियो, त्यसपछि अभिनेत्रीलाई एक हप्ताभन्दा बढी समयसम्म ओछ्यानमा आराम गर्न सल्लाह दिइएको थियो।

दुखाइ र पीडा भएपछि चिकित्सकले रकुललाई आराम गर्न सुझाव दिएका छन्। यसका बाबजुद पनि उनले आफ्नो प्रतिबद्धता पूरा गर्न लगातार दुई दिन मांसपेशी रिलेक्सेन्ट लिएर ‘दे दे प्यार दे २’ को सुटिङ जारी राखेको स्रोतले जनाएको छ ।

३ दिनसम्म पीडा भोगेपछि उनले फिजियोलाई भेटेकी थिइन् । तर, हरेक चोटि ३-४ घण्टापछि दुखाइ फर्किन्छ। उनले फिजियोबाट उपचार गरिरहेकी थिइन् तर अक्टोबर १० मा जन्मदिनको एक घण्टा अगाडि उनको अवस्था निकै नाजुक थियो ।

चोटका कारण उनको L4, L5 र S1 स्नायु अवरुद्ध भएको थियो। उनको रक्तचाप घटेपछि, उनलाई पसिना आउन थाल्यो र ओछ्यानमा राखियो र मांसपेशी आराम गर्ने इन्जेक्सन दिइयो। स्रोतका अनुसार उनी निको भएको पाँच दिन बितिसकेको छ, रकुलले आराम गर्नुको सट्टा सुटिङ जारी राखेकी छन्, जसका कारण उनको अवस्था गम्भीर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?