मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

थोमस टुचेल इङल्याण्ड राष्ट्रिय टिमको मुख्य प्रशिक्षक

काठमाडौँ – चर्चित फुटबल प्रशिक्षक थोमस टुचेल इङल्याण्ड राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका छन् । इङल्याण्डको फुटबल फेडेरेसनले टुचेलसँग सम्झौता गरेको जानकारी दिएको छ ।

उनले जनवरी १, २०२५ देखि आफ्नो कार्यभार सम्हाल्ने एफएले जनाएको छ । टुचेलसँग २०२६ को विश्वकपसम्मका लागि सम्झौता भएको छ ।

५१ बर्षिय टुचेल यसअघि बायर्न म्युनिख, चेल्सी, पिएसजी, डोर्टमण्ड जस्ता क्लबको प्रशिक्षक बनेका थिए । उनको नेतृत्वमा चेल्सीले २०२०-२१ को च्याम्पियन्स लिग जितेको थियो । यस अघि टुचेल म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बन्न सक्ने बताइएको थियो ।

टुचेल इङल्याण्डको प्रशिक्षक बन्ने पहिलो जर्मनी प्रशिक्षक हुन् । साथै उनी स्भेन गोरान इरिक्सन र फाबिओ कापेलोपछि तेस्रो विदेशी प्रशिक्षक पनि बनेका छन् । टुचेलसँगै इङल्याण्डले सहायक प्रशिक्षकमा इङल्याण्डका एन्थोनी बेरीसँग पनि सम्झौता गरेको फेडेरेसनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?