काठमाडौँ– पाटनढोका चाकुपाटस्थित ग्यालरी एम क्युबमा एक सय जना कलाकारका कलाकृतिहरु प्रदर्शनी गरिएको छ ।
‘कल्चरल इम्प्रेसन’ शीर्षकमा मंगलबारदेखि थालनी गरिएको प्रदर्शनीमा एक सय देशका एक सय जना कलाकारहरु सहभागी छन् । नेपालसहित भारत, जापान, स्पेन, भियतनाम, फिनल्याण्ड, डेनमार्क, क्यानडा, मलेसिया, थाइल्याण्ड लगायतका देशका कलाकारहरुका कलाकृतिहरु प्रदर्शनीमा अवलोकन गर्न सकिन्छ ।
कलाकारहरुले सिर्जना मार्फत प्रकृति, मानव, संस्कृति जस्ता विविध पक्षहरुलाई इंगित गरेका छन् । कलाको विविधता र शैलीले कलाकारहरुमा एक आपसमा सिर्जनशील सीपको विकाससँगै संस्कृतिको समेत आदानप्रदान होस् भन्ने उद्देश्य प्रदर्शनीको छ ।
कलाकृतिहरु :




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया