मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साँघुरो बाथरुमलाई यसरी सजाएर बनाउन सक्नुहुन्छ चिटिक्क

काठमाडौँ– प्रत्येक जसो घरमा अन्य ठाउँको तुलनामा बाथरुमको स्पेस सानो र साँघुरो नै हुन्छ । यदि तपाईँको घरमा पनि साँघुरो बाथरुम भएकै कारण तपाईँलाई चित्त बुझेको छैन भने यी कुराहरुमा ध्यान दिएमा स्मार्ट डिजाइनमा बाथरुम सजावट गर्न सकिन्छ ।

हल्का रङको छनोट

साँघुरो बाथरुमलाई सजाउन सर्वप्रथम हल्का रङको छनोट गर्नुपर्छ । हल्का रङले बाथरुम खुल्ला र ठूलो समेत देखिन्छ । सेतो, क्रिम जस्ता रङमा यसमा सबैभन्दा उत्तम हुन्छ । हल्का रङमा प्रकाशको रिफ्लेक्सनले स्पेस ठूलो देखिन्छ ।

ठूलो ऐना राख्नुहोस्

साँघुरो बाथरुमको भित्तामा ठूलो आकारको ऐना लगाएमा प्रकाशको रिफ्लेक्सनले तपाईंलाई स्पेस ठूलो भएको महसूस हुन्छ । यसबाट तपाईंलाई मेरो बाथरुमको स्पेस सानो छ भने हिन्नताबोध समेत हुँदैन ।

नुहाउने ठाउँमा पारदर्शी ग्लासको प्रयोग

नुहाउने ठाउँमा पारदर्शी ग्लासको प्रयोग गर्दा तपाईंले सबै स्पेसहरु देख्न सक्नुहुन्छ । यसले गर्दा तपाईंलाई आफ्नो बाथरुम ठूलो भएको भान हुन्छ ।

उचाईको बढी प्रयोग

साँघुरो स्पेस भएको ठाउँमा लम्बाईको सट्टा उचाईको बढी प्रयोग गर्न सकिन्छ । यसरी उचाईको स्पेस प्रयोग गर्दा विभिन्न सामानहरु त्यसैमा राख्न सकिन्छ । यसले गर्दा बाँकी भएको स्पेस समेत ठूलो देखिन्छ ।

लाइटको छनोट

साँघुरो स्पेस भएको ठाउँमा लाइटले समेत प्रभाव पारेको हुन्छ । यसका लागि चम्किलो र सफ्ट प्रकारको लाइन राख्नु उपयुक्त मानिन्छ । नेचुरल लाइट नै बढी उत्तम हुने भएपनि चम्किलो लाइटले स्पेस ठूलो समेत देखाउँछ ।

स–सानो साम्रगीहरुको छनोट

साँघुरो बाथरुममा ठूला आकारका सामग्र्रीहरु राखेमा झनै सानो र साँघुरो भएको महसूस हुन्छ । त्यसकारण सकेसम्म प्रयोग हुने साम्रगीहरु स–साना आकारको नै छनोट गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?