मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सर्बियामाथि स्पेनको शानदार जित

काठमाडौँ- युएफा नेसन्स लिग अन्तर्गत स्पेनले सर्बियामाथि शानदार जित हासिल गरेको छ ।

गएराति सम्पन्न समुह चार अन्तर्गतको खेलमा स्पेनले सर्बियालाई ३-० गोल अन्तरले पराजित गरेको हो । स्पेनको जितमा आइमेरिक लापोर्टे, अल्भारो मोराटा र एलेक्स बाएनाले एक एक गोल गरेका थिए । यस खेलमा स्ट्राहिन्जा पाभ्लोभिकले खेलको ७६औं मिनेटमा रातो कार्ड पाएपछि सर्बिया १० खेलाडीमा सिमित भएको थियो ।

त्यस्तै समुह चारकै अर्को खेलमा स्वीजरल्याण्ड र डेनमार्क २-२ गोलको बराबरीमा रोकिएका छन् । यस खेलमा स्वीजरल्याण्डका लागि रिमो फ्रेउलेर र जेकी अमडोउनीले एक एक गोल गरेका थिए । त्यस्तै डेनमार्कका लागि गुस्टभ इसाकसेन र क्रिस्टियन इरिक्सनले एक एक गोल गरेका थिए ।

यी खेलपछि समुह चारमा स्पेन ४ खेलमा १० अंकसहित शिर्ष स्थानमा रहेको छ भने डेनमार्क ४ खेलमा ७ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै सर्बिया ४ खेलमा ४ अंकसहित तेस्रो स्थानमा छ भने स्वीजरल्याण्ड ४ खेलमा एक अंकसहित चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?