काठमाडौँ- यूएईमा जारी आइसीसी महिला टी- २० विश्वकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । समूह चरणका खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुङ्गो लागेको हो ।
समूह ए बाट अस्ट्रेलिया र न्यूजील्याण्ड सेमिफाइनलमा पुगेका छन् भने समूह बी बाट वेस्ट इन्डिज र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका हुन् ।
समूह ए बाट भारत, पाकिस्तान र श्रीलंका तथा समूह बी बाट इङल्याण्ड, बंगलादेश र स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएका छन् ।
अब सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा न्यूजील्याण्ड र वेस्ट इन्डिज खेल्ने भएका छन् । पहिलो सेमिफाइनल खेल अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच बिहीबार हुनेछ भने दोस्रो सेमिफाइनल खेल शुक्रबार न्यूजील्याण्ड र वेस्ट इन्डिजबीच हुनेछ ।
त्यस्तै फाइनल खेल आइतबार हुने तालिका रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया