मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी राख्न सकिन्छ आफ्नो मानसिक स्वास्थ्यको विशेष ख्याल

काठमाडौँ– मानिसका लागि शारीरिक मात्र नभएर मानसिक स्वास्थ्य स्वस्थ हुन पनि उत्तिकै जरुरी मानिन्छ । पछिल्लो समय प्रविधिको विकाससँगै मानिसहरु एक्लै हुन थालेका छन् । हर समय विभिन्न ग्याजेट्सहरुसँगै समय बिताउने भएकोले मानिसहरु एकै घरमा समेत एक्लो हुन थालेका छन् ।

यस्तो अवस्थामा मानिसको मनमा बेचैन र मानसिक छटपट्टी समेत हुने गरेको मानसिक रोग विशेषज्ञहरु सुनाउँछन् । यस्तो अवस्थामा हामीले आफ्नो मनको समेत ख्यान गर्न जरुरी देखिन्छ ।

मानसिक स्वास्थ्यको महत्त्व

मानसिक स्वास्थ्यलाई अझैपनि शारीरिक स्वास्थ्यको तुलनामा कमै महत्व दिइन्छ । मानिसले कमाउने धन, सम्पत्ति, मान, प्रतिष्ठा सबै मानसिक स्वास्थ्यकै कारण हुन्छ । यदि मानसिक स्वास्थ्य नै ठीक छैन भने मानिसको शारीरिक स्वास्थ्यले मात्र केही हुँदैन । मानसिक स्वास्थ्य ठीक स्वस्थ भएमा यसको दिल र दिमाग समेत शुद्ध हुन्छ ।

मानसिक स्वास्थ्यलाई यसरी ध्यानमा राख्नुहोस्

नियमित व्यायाम

मानसिक स्वास्थ्य स्वस्थ राख्नका लागि नियमित व्यायाम अति जरुरी हुन्छ । दिनमा कम्तिमा पनि ४५ मिनेट व्यायाम जरुरी हुन्छ । नियमित व्यायामले शरीर फुर्तिलो हुनाका साथै मानसिक रुपमा समेत फ्रेस हुन सकिन्छ ।

प्राणायम

शरीर र आत्माको सन्तुलनका लागि प्राणायम असाध्यै लाभदायी मानिन्छ । यसले हाम्रो रक्त प्रवाहमा समेत सन्तुलन गर्दछ भने शरीरलाई शक्ति समेत प्रदान गर्दछ । यसले हृदयमा आराम दिनुका साथै कार्यक्षमता समेत बढाउँछ ।

धुम्रपान र मद्यपानबाट टाढै रहनुहोस्

शारीरिक एवं मानसिक स्वास्थ्यका लागि धुम्रपान र मद्यपान हानिकारक मानिन्छ । धुम्रपानले रक्तकोषिका र धमनीमा असर गरी रक्तसञ्चारमा समेत नकारात्मक प्रभाव पार्छ । अत्याधिक रुपमा धुम्रपान र मद्यपानले रक्तचाप समेत बढाउँछ । शारीरिक स्वास्थ्य अनुकुल हुँदा मानसिक स्वास्थ्यमा समेत प्रभाव पार्छ ।

सन्तुलित खानाको छनोट

शारीरिक एवं मानसिक स्वास्थ्यका लागि हामीले खाने खानामा निर्भर रहन्छ । पोषक तत्व मिसिएको आहारले मान्छेको शक्ति र सोचाइमा समेतमा प्रभाव पार्छ । यसका लागि बाहिर तयारीयुक्त खानाहरु खानुभन्दा भिटामिन, प्रोटीनयसक्त खानेकुराहरुमा नै जोड दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?