मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अल्जाइमर्स हुन नदिन गर्नुहोस् यस्ता योगासन

काठमाडौँ– अल्जाइमर्स न्युरोलोजिकल समस्या हो । विशेष गरी वृद्ध अवस्थामा यो रोग देखिन्छ । अल्जाइमर्सले सोच्ने र सम्झने क्षमतामा कमी ल्याउँछ । यस्तो अवस्थामा अल्जाइमर्स लाग्नै नदिन योग धेरै महत्वपूर्ण मानिन्छ । आफ्नो दैनिकीमा विभिन्न योगाशनलाई समावेश गर्न सके अल्जाइमर्सबाट जोगिन सकिन्छ ।

वृक्षासन

वृक्षासनाले दिमागलाई सन्तुलित बनाउन मद्दत गर्छ । यो आसनले मानसिक स्वास्थ्यमा पनि लाभ प्रदान गर्छ । दैनिक यो अभ्यास गर्दा मानसिक स्वास्थ्यमा सकरात्मक असर गर्छ ।

पश्चिमोत्तानासन

यस योगासनले पनि तपाईको दिमागको स्वास्थ्यलाई राम्रो गर्छ । यसले दिमागमा रक्तसञ्चार राम्रोसँग गर्न मद्दत पुर्‍याउँछ । यसका साथै शरीरलाई पनि सहज बनाउँछ ।

बज्रासन योग

यो योगासन गर्नाले मन स्थिर रहन्छ । यसले ग्याँसको समस्यालाई पनि समाधान गर्छ । यसले डिमेन्सिया र अल्जाइमर्सलाई कम गर्नको लागि निकै सहयोग गर्छ ।

शीर्षासन

यो रोगलाई कम गर्नको लागि शीर्षसन पनि राम्रो योगासन हो । यो आसन गर्दा कार्य क्षमतामा सुधार गर्छ । यसले मानसिक स्वास्थ्यलाई पनि निकै राम्रो बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?