मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दुई महिनामा २ खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रियो

काठमाडौँ – गत साउन र भदौमा २ खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रिएको छ । मंगलबार राष्ट्र बैंकले सार्बजनिक गरेको रिपोर्टका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स आप्रवाह १५.२ प्रतिशतले बढेर २ खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रिएको हो ।

गत वर्षको साउन र भदौमा रेमिट्यान्स १८.७ प्रतिशतले बढेको थियो । गत भदौसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ जबकी गत वर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो ।

राष्ट्र बैंकका अनुसार गत साउन र भदौमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ‘संस्थागत तथा व्यक्तिगत–नयाँ’ लिने नेपालीको संख्या ७६ हजार ४८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५८३ रहेको छ । गत वर्षको सोही अवधिमा ७४ हजार ४५५ ले अन्तिम श्रम स्वीकृति र ३२ हजार ४ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?