मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भदौ महिनामा उपभोक्ता मूल्यवृद्धि ३.८५ प्रतिशत : राष्ट्र बैंक

काठमाडौँ – भदौ महिनामा उपभोक्ता मूल्य वृद्धिदर ‘मुद्रास्फीति’ ३.८५ प्रतिशत कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

मंगलबार राष्ट्र बैंकले सार्बजनिक गरेको रिपोर्टका अनुसार गत वर्षको सोही महिनाको तुलनामा मुद्रास्फीति घटेको हो । गत वर्ष सोहि महिनामा यस्तो मूल्यवृद्धि ८.१९ प्रतिशत रहेको थियो ।

सो अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मूल्य वृद्धिदर ५.०३ र गैरखाद्य तथा सेवा समूहको ३.१९ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ । गत वर्ष सोही अवधिमा यी समूहहरुको मूल्यवृद्धि क्रमशः ९.७७ प्रतिशत र ७.१९ प्रतिशत रहेको थियो ।

गत भदौमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.८०, तरकारीको ९.८४, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३४ र फलफूलको ४.९४ प्रतिशतले बढेको छ । तर, मरमसला उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक २.६९ प्रतिशतले घटेको छ ।

त्यस्तै गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविधवस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.७१, मदिराजन्य पेय पदार्थको ६.७६, कपडाजन्य तथा जुत्ताचप्पलको ६.०८ र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?