मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लरेन्स बिश्नोईलाई सलमानले ठूलो चुनौती दिदै के भने ?

काठमाडौँ – बलिउड अभिनेता सलमान खानको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस भिडियोमा अभिनेता लरेन्स बिश्नोई गिरोहलाई चुनौती दिइरहेका छन् ।

उद्योगपति-राजनीतिज्ञ बाबा सिद्दिकीको शनिबार महाराष्ट्रमा गोली हानी हत्या गरिएको थियो। ग्याङ्स्टर लरेन्स बिश्नोई गिरोहले यसको जिम्मेवारी लिएको छ । यो घटनाले सबैलाई स्तब्ध र दुःखी बनाएको छ ।

यस हमलापछि गुजरातको जेलमा रहेका ग्याङ्स्टर लरेन्स बिश्नोई चर्चामा छन् । प्रिय मित्र गुमाएपछि सलमान खान पनि दुखी छन् । बाबा सिद्दिकीमाथि हमलापछि नयाँ मुम्बई पुलिस पनि सलमानको सुरक्षालाई लिएर सतर्क भएको छ । यसैबीच सलमान खानले ग्याङ्स्टर लरेन्स बिश्नोई गिरोहलाई ठूलो चुनौती दिएका छन् ।

यो भिडियो X मा प्रयोगकर्ता सय्यद उज्मा परवीन ७८६ द्वारा १४ अक्टोबर ७ : २३ PM मा पोस्ट गरिएको थियो। अहिलेसम्म यो भिडियो ३९२.७ हजार मानिसले हेरिसकेका छन् । १५५ प्रयोगकर्ताहरूले आफ्नो प्रतिक्रिया दिएका छन्। यति मात्र होइन यो भिडियो ९९४ पटक रिपोस्ट गरिएको छ । यो भिडियोलाई लिएर मानिसहरूले धेरै कमेन्ट गरिरहेका छन् र विभिन्न किसिमका प्रतिक्रिया दिइरहेका छन् ।

लरेन्स बिश्नोईको हिटलिस्टमा सलमान खान लगायतका केही ठूला नाम सामेल छन् । कालो हरिण शिकार मामिलामा खानको संलग्नता पछि यो मुद्दा सुरु भयो। बिश्नोई समुदायका मानिसहरूले कालो मृगलाई धेरै सम्मान गर्छन्। बिश्नोईले आफ्ना सहयोगी सम्पत नेहरालाई अभिनेतामाथि नजर राख्न पठाएका थिए । नेहरालाई हरियाणा प्रहरीको विशेष कार्यदलले पक्राउ गरेको हो । यस वर्षको अप्रिलमा भएको गोलीकाण्डको प्रयास पनि घटनास्थलमा प्रहरी पुगेका कारण असफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?