मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बाबा सिद्दिकीको अन्त्येष्टिमा किन गएनन् शाहरुख खान ?

काठमाडौँ – बाबा सिद्दिकीको १२ अक्टोबर राती गोली हानी हत्या गरिएको थियो । त्यसयता सलमान खान, सञ्जय दत्त, शिल्पा शेट्टीलगायतका धेरै बलिउड स्टार उनको अन्तिम यात्रामा सहभागी हुन आएका थिए ।

तर, यी सबैको बीचमा बाबा सिद्दिकीको नजिकका साथी भए पनि शाहरुख खान कतै देखिएनन् । अब यसको पछाडिको कारण बाहिर आएको छ ।

रिपोर्टका अनुसार शाहरुख बाबा सिद्दिकीको अन्त्येष्टिमा सहभागी भएनन् किनभने उनी यी सबैबाट टाढा रहन चाहन्थे। उनले यो सम्पूर्ण मामिलाबाट दूरी कायम गर्ने निर्णय गरेका छन् ।

उनी कुनै पनि किसिमको राजनीतिक मामिलामा संलग्न हुन चाहँदैनन् । यो पनि भनिएको छ कि यस मामिलामा शाहरुख खानको टीमलाई धेरै पटक सम्पर्क गरिएको थियो तर उनी यस विषयमा मौन छन्।

बाब सिद्दीकीले हरेक वर्ष इफ्तार पार्टी आयोजना गर्थे, जसमा उनी बलिउडका धेरै सेलिब्रेटीहरूलाई सामेल गर्थे । उनको इफ्तार पार्टीमा सलमान र शाहरुख पनि आउँथे । बाबा सिद्दिकीले नै सलमान र शाहरुखलाई फेरि साथी बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?