मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पर्वतमा पर्यटकको घुइँचो

काठमाडौँ- पर्यटकीय पूर्वाधार निर्माण भएसँगै पर्वतका विभिन्न पर्यटकीयस्थलहरुमा दशैँका बेला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ ।

दशैँ मनाउनेसँगै बिदामा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । सदरमुकाम कुश्मा विभिन्न सङ्घसंस्थाहरुका अवलोकन भ्रमण गर्ने गन्तव्यसमेत बन्दै गएको छ । यहाँस्थित बञ्जीजम्प, लामो सुपरम्यान शैलीको जिपलाइन, मुलुककै अग्ला र लामा झोलुङ्गेपुलले आन्तरिक पर्यटक आकर्षित गरेको हो ।

हिउँदयाम सुरु भएसँगै अहिले पर्वत सदरमुकाममा दैनिक एक हजार बढी सङ्ख्यामा आन्तरिक पर्यटक भित्रिने गरेका छन् । बिस्तारै कुश्माका पर्यटकीयस्थलमा बाह्य पर्यटक पनि आउन थालेको स्थानीय होटल व्यवसायी सुरेश केसीले जानकारी दिए। पर्यटकको आगमनले कुश्मा बजारका होटलहरू भरिभराउ छन् ।

कुश्मामा सुविधासम्पन्न होटल थपिएका छन् । मुस्ताङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका कारण पनि पर्वत सदरमुकाममा चहलपहल बढ्न थालेको पर्यटन व्यावसायी कृष्णप्रसाद श्रेष्ठले बताए। मुस्ताङ जाने पर्यटकहरू जाने र फर्किने बेलामा बास बस्न यहाँ आउने गरेको श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?