मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के रोबोटहरूले पनि झुठ बोल्छन्?

काठमाडौँ– रोबोट र कृत्रिम बुद्धिमत्ता एआई अब साइन्स फिक्सन फिल्मको विषयवस्तुमात्रै रहेन । अब एआई र रोबोटिक्स हाम्रो जीवनको अभिन्न अंग बन्न गइरहेका छन् ।

तर के रोबोट र एआईले पनि मान्छेजस्तै झुटो बोल्न सक्छन् ? अमेरिकाको जर्ज मेसन युनिभर्सिटीका शोधकर्ताहरुले यसको जवाफ पत्ता लगाउने प्रयास गरेका छन् ।

शोधकर्ताहरुले अध्ययन प्रतिवेदन ‘फ्रन्टियर्स इन रोबोटिक्स एन्ड एआई’ नामक जर्नलमा प्रकाशित गेका छन् । शोधकर्ताको टिमले अनलाइनमार्फत् ४ सय ९८ जनालाई निश्चित अवस्थामा रोबोटले कसरी झुटो बोल्न सक्छ भन्नेबारे जानकारी राख्न अनुरोध गरेको थियो ।

अध्ययनमा सहभागीहरुलाई रोबोटले बोल्ने झुठको तीन अवस्था प्रस्तुत गरिएको थियो । पहिलोमा रोबोटले आफूबाहेक अरुबारे झुटो बोल्छ । दोस्रोमा रोबोटले आफूले गर्नसक्ने काम गर्न सक्दिनँ भनेर झुटो बोल्छ । तेस्रोमा चाहीँ, रोबोटले आफूले गर्न नसक्ने काम गर्नसक्छु भनेर झुटो बोल्छ ।

अध्ययनमा सहभागीमध्ये ५८ प्रतिशतले रोबोटले बोल्ने पहिलो किसिमको झुठ स्वीकार गर्न सकिने जनाएका छन् । उदाहरणका लागि चिकित्सा क्षेत्रमा काम गरिरहेको रोबोटले अल्जाइमर्स भएकी वृद्धालाई उनका पति जीवितै छन् भनेर झुठ बोल्न सक्छ । यसबाट रोबोटले ती वृद्धाको भावनामा चोट नपर्ने र यस्तो झुठ स्वीकार्य रहेको अध्ययनमा सहभागीले बताएका थिए ।

तर, अन्य आफूले गर्नसक्ने काम गर्न सक्दिनँ भन्ने र गर्न नसक्ने काम गर्न सक्छु भनेर रोबोटले बोल्ने झुठ चाहीँ अस्वीकार्य रहेको सहभागीहरुको विचार छ । उदाहरणका लागि हाउसकिपिङमा काम गर्ने रोबोटले काम गर्दागर्दै भिडियो पनि खिच्न सक्छ, तर प्रयोगकर्ताहरुलाई भने आफूले भिडियो खिच्न नसक्ने बताउँछ । केबल २६ प्रतिशत सहभागीले मात्रै यस्तो झुठ स्वीकार गर्न सकिने प्रतिक्रिया दिएका छन् ।

त्यसैगरी, कारखानामा काम गर्ने रोबोटले आफ्नो जिउ दुख्यो भनेर सँगै काम गर्ने मान्छेसँग झुटो बोल्छ भनेपनि त्यो अस्वीकार्य रहेको अध्ययनमा सहभागीहरुले प्रतिक्रिया दिएका छन् । अध्ययनमा सहभागी केबल २७ प्रतिशतले मात्रै यस्तो झुठ स्वीकार्य रहेको जनाएका छन् । यस्तो झुठले त्यस मान्छेलाई रोबोटले पनि दुखाइ अनुभव गर्ने गलत सन्देश जाने उनीहरुको धारणा छ ।

यसअघि गरिएको एउटा शोधले रोबोटले झुठ बोल्दा रोबोटप्रति मानिसहरुको विश्वासमा कमी आउने पत्ता लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?