मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

कलैया ‘बारा’ – बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कोल्हवी नगरपालिका–२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको आज हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।

आज बिहान घाँस काट्न गएका ठोकरलाई हात्तीले आक्रमण गरेको थियो । अबेर सम्म घाँस लिएर घर नफर्केपछि परिवारका सदस्य र गाउँले मिलेर जङ्गलमा खोज्न गएका थिए । खोज्ने क्रममा ठोकर मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक ठोकरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ । केही दिन अगाडि कोल्हवी नगरपालिका–२ मै एउटा हात्ती मृत फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?