मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दशैँपछि पश्चिम नेपालमा नाचिने सराय नाचको रौनक (फोटो फिचर)

काठमाडौँ- यतिबेला पश्चिम नेपालमा सराय नाचको रौनक छाएको छ । यो नाच दशैँको एकादशीदेखि पूर्णिमासम्म यो नाच नाचिन्छ ।

पश्चिम नेपालका गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, रुकुम, रोल्पा, कपिलवस्तु, रुपन्देही, दाङलगायत जिल्लाका विभिन्न कोट र शक्तिपिठहरूमा युवाहरु भेला भएर यो नाच नाच्छन् ।

प्राचीन तथा मध्यकालमा युद्धमा प्रयोग हुने खुँडा, खुकुरी, खड्ग, तरवार, लौरो ढाललगायत हतियार जुधाउँदै बाजाको तालमा यो नाच प्रदर्शन गर्ने चलन छ । यस्ता हातहतियार लिएर युद्ध कौशल देखाउँदै गोलो घेरा बनाइ सराय नाच खेल्ने गरिन्छ ।

आसुरी शक्तिमाथि दैवी शक्तिले विजय हासिल गरेपछि यही खुसीमा युद्धमा प्रयोग भएका हतियारसहित नाचगान सुरु भएको मान्यता छ । यसरी नाच्दा देवी भगवती प्रसन्न हुने जनविश्वास रहीआएको छ ।

नाच प्रदर्शन गर्दा बाजासहितको तालमा ‘वाख्यै–वाख्यै’ भन्ने चलन छ । यो नाच भुरेटाकुरे राज्यहरु भएको समयदेखि नै नाच्न थालिएको जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?