काठमाडौँ– शरीरलाई स्वस्थ राख्न खानपानमा विशेष ध्यान दिनुपर्छ । सबै खानेकुरा शरीरका लागि स्वस्थकर हुन्छन् भन्ने हुँदैन । आयुर्वेदमा शरीरलाई स्वस्थ राख्न खानेकुरामा समावेश हुनुपर्ने केही रसबारे उल्लेख गरिएको छ ।
सधैँ स्वस्थ र फिट रहन चाहानुहुन्छ भने आयुर्वेदमा उल्लेखित यी छ रसहरु आफ्नो खानामा समावेश गर्नुपर्छ । आयुर्वेदका अनुसार खानामा गुलियो, नुनिलो, अमिलो, पिरो, तीतो र टर्रो रस समावेश हुनुपर्छ ।
यी रसहरु शारीरिक स्वास्थ्यका लागि निकै महत्वपूर्ण मानिन्छन् । यसले शरीरलाई आवश्यक पोषणलाई सन्तुलित राख्न मद्दत गर्दछ ।
गुलियो रसले शरीरलाई उर्जा र शक्ति प्रदान गर्छ । तर यस प्रकारका खानेकुरा धेरै खाँदा मधुमेहजस्ता समस्या पनि देखा पर्न सक्छ । अमिलो खानेकुराले शरीरको पाचन प्रणालीमा मद्दत गर्छ । यसले शरीरमा रोग प्रतिरोधक क्षमता बढाउँछ ।
त्यस्तै नुनिलो खानेकुराले पनि पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । तर यसको धेरै सेवन गर्नाले उच्च रक्तचाप हुने सम्भावना बढ्छ ।
तीतो रसले शरीरमा हुने विषाक्त तत्वबाट जोगाउँछ । यसले पनि शरीरमा रोग प्रतिरोधक क्षमताको विकास गराउँछ । पिरो खानेकुराले पनि शरीरमा उर्जा प्रदान गर्छ । तर यसको धेरै प्रयोगले पनि पाचन प्रणालीमा समस्या सिर्जना गर्न सक्छ ।
टर्रो रस पनि पाचन प्रणाली र शारीरिक स्वस्थका लागि निकै महत्वपूर्ण मानिन्छ । तर, एकै किसिमका खानेकुरा धेरै खाँदा यसबाट लाभभन्दा हानी धेरै हुने सम्भावना रहन्छ । त्यसैले खानेकुरामा यी ६ रसको सन्तुलन मिलाउन सक्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया