मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

५० वर्षयताकै सबैभन्दा ठूलो वर्षाका कारण जलमग्न बन्यो साहारा मरुभूमि

काठमाडौँ- विश्वकै सुख्खा र बाँझो क्षेत्र मानिने अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षयताकै सबैभन्दा ठूलो वर्षा भएको छ । त्यहाँ यति ठूलो वर्षा भएको छ कि त्यहाँ हरियाली पलाउन थालेको छ ।

दुई दिनको वर्षाका कारण प्रायः सधैँ बाँझै रहने भूमि अहिले पानीले डुबेका छन् । विज्ञहरूका अनुसार जलवायु परिवर्तन र असामान्य मौसमका कारण यस्तो अवस्था आएको हो । नासाले उपग्रह मार्फत सहाराको बालुवाबाट बग्ने पानी, प्रचीन भवन र मरुभूमिको वनस्पतिको मनोरम तस्बिर खिचेको छ ।

वर्षाका कारण मोरक्कोको इरिकी ताल पनि ५० वर्षपछि पूर्ण रूपमा पानीले भरिएको छ । यसअघि सन् १९७४ मा सहारा मरुभूमिमा ६ वर्षको खडेरीपछि पानी परेको थियो जुन पछि बाढीमा परिणत भएको थियो ।

दक्षिण–पूर्वी मोरक्कोमा वर्षभरि औसत २५० मिमी भन्दा कम वर्षा हुन्छ । तर, सेप्टेम्बरमा नै पछिल्ला दुई दिनमा धेरै क्षेत्रमा असामान्य वर्षा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?