मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जुबिमेन्डीको गोलमा डेनमार्कमाथि स्पेनको जित

काठमाडौँ– युइएफए नेसन्स लिग अन्तर्गत स्पेनले डेनमार्कलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा स्पेनले डेनमार्कलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

स्पेनको जितमा खेलको ७९औं मिनेटमा मार्टिन जुबिमेन्डीले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि युइएफए नेसन्स लिग ए को समुह चारमा स्पेनको ३ खेलमा ७ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै डेनमार्क ३ खेलमा ६ अंकसहित समुहमा दोस्रो स्थानमा रहेको छ ।

स्पेनले अब अर्को खेल अक्टोबर १६ मा सर्बियाको सामना गर्ने छ भने डेनमार्कले अर्को खेल सोहि दिन स्वीजरल्याण्डविरुद्ध खेल्ने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?